INSEC Online

📅 २०८३ जेष्ठ २१

ल्याब सेवा अवरुद्ध हुँदा बिरामीहरु मर्कामा

प्रदेश अस्पताल जोमसोम मुस्ताङमा एक हप्तादेखि ल्याब सेवा अवरुद्ध हुँदा बिरामीहरु मर्कामा परेका छन् । ०८२ वैशाख २७ गते मेसिन बिग्रिएपछि ल्याबसम्बन्धी काम नहुँदा बिरामीले सास्ती व्यहोर्नु परेको छ ।

अस्पतालमा रहेको ल्याबको मेसिन विग्रिएपछि सेवा प्रवाह गर्न नसकिएको अस्पतालका निमित्त मेडिकल सुपरीटेण्डेन्ट डा. समीक्षा कँडेलले बताउनु भयो । मेसिन मर्मतका लागि पोखरा पठाएको र मर्मतको क्रममा रहेको हुँदा सेवा कहिलेदेखि सुचारु हुने भन्ने एकीन गर्न नसकिएको उहाँको भनाइ छ । मेसिन बिग्रिएपछि ब्लड सुगर, युरिया, क्रिटिनाइन, एलएफटी, युरिक एसिड, क्याल्सियम लगायतका मुख्य नौ वटा ल्याब सम्बन्धी सेवा प्रदान गर्न नसकिएको अस्पतालले जनाएको छ ।

अस्पतालमा रहेको मेसिन बिग्रदा अस्पतालमा सेवा लिनका लागि आउने बिरामीहरुलाई माथिल्लो अस्पतालमा रिफर गर्नु परेको अस्पतालले जनाएको छ

अन्य

भिडियो