२५ वर्षीया युवतीको टिकटक आइडीमा अश्लिल फोटो पोष्ट गरेको आरोपमा प्रहरीले हरिनगरा गाउँपालिका-१ का २५ वर्षीय जुबेर आलम मियाँलाई जेठ १ गते गिरफ्तार गरेको छ ।
आरोपित मियाँले ०८१ वैशाख २५ गते टिकटक आइडीमा अश्लिल फोटो पोष्ट गरेको आरोपमा पीडितले वैशाख २९ गते आरोपितविरूद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई सुनसरीको इटहरी उपमहानगरपालिका-६ बाट अनुसन्धानका लागि गिरफ्तार गरिएको इन्स्पेक्टर अभिषेक श्रेष्ठले बताउनु भयो ।
आरोपितविरूद्ध प्रहरीले जिल्ला अदालतमा जेठ १ गते साइबर अपराध शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको छ ।