सबैला नगरपालिका-५ का १२ वर्षीय बालक अंकित यादवलाई अपहरण गरी शरीर बन्धक बनाएको आरोपमा सोही ठाउँका २८ वर्षीय अनिल साहलाई ०८२ वैशाख २७ गते प्रहरीले गिरफ्तार गरेको छ ।
वैशाख २५ गते साँझ ६ बजेको समयमा घर नजिकै रहेको मदन माध्यमिक विद्यालयको कम्पाउन्डमा खेलिरहेका बालक अबेरसम्म घर नफर्किदा पीडित परिवारले खोजतलास गर्दा बालकलाई आरोपित साहले मोटरसाइकलमा बसाई चौक तर्फ लग्दै गरेको स्थानीयहरूले देखेको आधारमा सोही दिन आरोपित साहविरुद्ध इलाका प्रहरी कार्यालय सबैलामा उजुरी दिनु भयो ।
उक्त उजुरीको आधारमा खोजतलासको क्रममा आरोपित साहलाई गणेशमान चारनाथ नगरपालिका-१० डुमरियाबाट वैशाख २७ गते प्रहरीले गिरफ्तार गरेको छ भने पीडित बालकलाई उद्धार गरी परीवारको जिम्मा लगाएको असइ राजहरण गुप्ताले जानकारी दिनु भयो ।