INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार गरेको कसुरमा १२ वर्ष ६ महिना कैद सजायको फैसला

दुई वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले १५ वर्षीय बालकलाई १२ वर्ष ६ महिना कैद सजाय गर्ने फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश अशोक कुमार बस्नेतको ०८२ वैशाख २४ गतेको इजलासले कसुर ठहर गर्दै बालकलाई १२ वर्ष ६ महिना कैद सजाय र ३ लाख ५० हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको अदालतका स्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले जानकारी दिनुभयो ।

बालकले ०८१ जेठ १३ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले जेठ १४ गते इलाका प्रहरी कार्यालय, सालझण्डीमा उजुरी दिएका थिए । पीडितको स्वास्थ्य परीक्षण जेठ १४ गते लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा भएको थियो । प्रहरीले आरोपितलाई जेठ १४ गते गिरफ्तार गरेको थियो ।

अन्य

भिडियो