२२ वर्षीय युवतीलाई भारत लगेर बेखबिखन तथा ओसारपसार प्रयास गरी बलात्कार गरेको आरोपमा प्रहरीले बैतडी जिल्ला पञ्चेश्वर गाउँपालिका–४ का २३ वर्षीय मोहनबहादुर चन्दलाई ०८२ वैशाख २५ गते गिरफ्तार गरेको छ ।
पञ्चदेवल विनायक नगरपालिका–५ लयाँटीमा आफन्तको घरमा लुकेर बसेका फरार आरोपित चन्दलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, अछाममा डिएसपी ईश्वरीप्रसाद भण्डारीले बताउनु भयो ।
युवतीलाई आरोपित चन्दले ०८१ कात्तिक २८ गते भारतमा लगेर बेचबिखन तथा ओसारपसार प्रयास गरी बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपित विरुद्ध ०८१ माघ ४ गते जिल्ला प्रहरी कार्यालय, अछाममा उजुरी दिएका थिए ।
पीडतको स्वास्थ्य परीक्षण ०८१ माघ ४ गते जिल्ला अस्पताल, अछाममा गरिएको थियो ।