गुर्भाकोट नगरपालिका–५ की २६ वर्षीय प्रेमा ओलीको हत्या गरेको आरोपमा पति २८ वर्षीय दर्शन खत्रीलाई प्रहरीले ०८२ वैशाख २१ गते गिरफ्तार गरेको छ ।
भेरीगंगा नगरपालिका–१२ झिगेनारा खोलामा ओलीको हत्या गरेको अवस्थामा वैशाख २१ गते शव भेटिएको थियो । सोही दिन नै जिल्ला प्रहरी कार्यालय सुर्खेत र इलाका प्रहरी कार्यालय छिञ्चुको संयुक्त टोलीले हत्या गरेको आशंकामा गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मोहनजंग बुढथापाले जानकारी दिनुभयो ।
आरोपित खत्रीले नै हत्या गरेको भन्दै वैशाख २१ गते मृतकका माइती पक्षले इलाका प्रहरी कार्यालय, छिञ्चुमा जाहेरी दिएका थिए । वैशाख २२ गते नै प्रदेश अस्पताल सुर्खेतमा पोष्टमार्टम गरिएको छ । आरोपित खत्री नेपाली सेनामा कार्यरत थिए । मृतककी एक पाँच वर्षीया छोरी छन् । मृतक ओली वैशाख २० गतेदेखि हराएको आफन्तले बताएका छन् ।