INSEC Online

📅 २०८३ श्रावण ६

घरायसी विवादका क्रममा बुहारीको हत्या

आठराई गाउँपालिका–६ सीमखर्ककी ५१ वर्षीया रूपा लिम्बूको घरायसी विवादका क्रममा काका ससुराले हत्या गरेको प्रहरीले जनाएको छ ।

घरायसी विवादका क्रममा ३८ वर्षीय काका ससुरा कृष्णबहादुर लिम्बूले ०८३ साउन ६ गते खुकुरी प्रहार गरी बुहारीको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर खेमबहादुर खत्रीले बताउनु भयो ।

आरोपितले खुकुरी प्रहार गरी बुहारीको हत्या गरेको प्रारम्भिक अनुसन्धाका क्रममा खुलेको इन्स्पेक्टर खत्रीले बताउनु भयो ।

घटनालगत्तै आरोपित फरार भएकाले खोजी थालिएको प्रहरीले जनाएको छ ।

शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा ल्याउने तयारी गरिएको छ ।

 

सुरेश खत्री

अन्य

भिडियो