INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार गरेको कसुरमा तीन महिना कैद सजायको फैसला

११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले तिलोत्तमा नगरपालिका–१, नयाँमिलका ६९ वर्षीय यमलाल गिरीलाई तीन वर्ष कैद सजाय गर्ने फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश अशोक कुमार बस्नेतको ०८२ वैशाख २२ गतेको इजलासले कसुर ठहर गर्दै आरोपितलाई तीन महिना कैद सजाय, १० हजार रुपियाँ जरिबाना र ३५ हजार रुपियाँ क्षतिपूर्ति वापत पीडितलाई भराई दिनुपर्ने फैसला गरेको अदालतका सूचना अधिकारी पदम अर्यालले जानकारी दिनुभयो ।

आरोपितले पीडित बालिकालाई ०८१ माघ १० गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले माघ १२ं गते इलाका प्रहरी कार्यालय, बुटवलमा उजुरी दिएको थियो । पीडितको स्वास्थ्य परीक्षण माघ १० गते लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा भएको थियो । प्रहरीले आरोपितलाई माघ १० गते गिरफ्तार गरेको थियो ।

अन्य

भिडियो