१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बसबरीया गाउँपालिका-४ का २८ वर्षीय बुद्धनारायण यादवलाई जिल्ला प्रहरी कार्यालय मलंगवाले ०८२ वैशाख २१ गते गिरफ्तार गरेको छ ।
आरोपितले बालिकालाई ०८१ पुस ६ गते धाक धम्की दिई बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय मलंगवामा माघ १६ गते उजुरी दिनु भएको थियो ।
आरोपित यादवलाई गिरफ्तार गरी वैशाख २२ गते जिल्ला अदालत सर्लाहीबाट एक हप्ताको म्याद थप गराई घटना बारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका डिएसपी सरोज राई जानकारी दिनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण माघ १६ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा भएको थियो ।