१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बरहथवा नगरपालिका-१७ का २८ वर्षीय बिन्देश्वर महतो र २९ वर्षीय बिनय यादवलाई जिल्ला प्रहरी कार्यालय मलंगवाले ०८२ वैशाख २० गते गिरफ्तार गरेको छ ।
आरोपितहरूले ०८१ चैत २३ गते बालिकालाई धाक धम्की दिई बलात्कार गरेको भन्दै इलाका प्ररही कार्यालय बरहथवामा ०८२ वैशाख १९ गते पीडित पक्षले उजुरी दिनु भयो ।
आरोपितहरूलाई गिरफ्तार गरी वैशाख २१ गते जिल्ला अदालतबाट तीन दिनको म्याद थप गराई घटना बारे थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय बरहथवाका डिएसपी गौतम थापाले जानकारी दिनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण वैशाख १९ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा भयो ।