१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले यशोधरा गाउँपालिका–३, बसन्तपुरका २२ वर्षीय आकाश कलवार र सोही ठाउँका २३ वर्षीय अवशेष कुमार पाण्डेयलाई १८ वर्ष ६ महिना कैद सजाय गर्ने फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश कृत बहादुर बोहोराको वैशाख १६ गतेको इजलासले कसुर ठहर गर्दै आरोपितलाई १८ वर्ष ६ महिना कैद सजाय, ७ लाख रुपियाँ जरिबाना र २० हजार रुपियाँ पीडित राहत कोषमा भराउने फैसला गरेको जिल्ला अदालतका स्रेस्तेदार हेमन्त ज्ञवालीले जानकारी दिनुभयो ।
आरोपितहरूले ०८१ असार १४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले असार १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । पीडितको स्वास्थ्य परीक्षण असार १६ गते कपिलवस्तु अस्पताल, तौलिहवामा भएको थियो । प्रहरीले आरोपितलाई असार १६ गते गिरफ्तार गरेको थियो ।