INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा १४ वर्ष कैद सजायको फैसला

१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले शीतगङ्गा नगरपालिका-६ का २६ वर्षीय श्रवण कुमार रानालाई १४ वर्ष कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश शिबलाल पाण्डेयको ०८२ वैशाख १६ गतेको इजलासले कसुर ठहर गर्दै १४ वर्ष कैद सजाय, ५ लाख ४० हजार रुपियाँ जरिबाना र २१ हजार ६ सय रुपियाँ पीडितलाई क्षतिपूर्ति भराउने फैसला गरेको जिल्ला अदालतका सूचना अधिकारी टेकराज गैरेले जानकारी दिनुभयो ।

पीडित बालिकालाई आरोपितले अन्तिम पटक ०८० माघ २३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले ०८१ भदौ ७ गते इलाका प्रहरी कार्यालय, ठाडामा उजुरी दिएका थिए । प्रहरीले आरोपितलाई भदौ ७ गते गिरफ्तार गरेको थियो । पीडितको स्वास्थ्य परीक्षण भदौ ७ गते अर्घाखाँची जिल्ला अस्पताल, सन्धिखर्कमा भएको थियो ।

अन्य

भिडियो