INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार गरेको कसुरमा ६ महिना कैद सजायको फैसला

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले रुन्टीगढी गाउँपालिका–६ का ४५ वर्षीय सोमनाथ घर्तीलाई ६ महिना कैद गर्ने फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश प्रतिमाकुमारी भट्टराइ पोख्रेलको वैशाख १७ गतेको इजलासले दोषी ठहर गर्दै घर्तीलाई ६ महिना कैद सजाय, २० हजार रुपियाँ क्षतिपूर्ति, १५ हजार रुपियाँ जरिबाना र २ हजार रुपियाँ पीडित राहत कोषमा जम्मा गर्ने फैसला गरेको अदालतका स्रेष्तेदार दामोदर घिमिरेले जानकारी दिनुभयो ।

घर्तीले ०८० माघ २५ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले ०८१ साउन २ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । पीडितको स्वास्थ्य परीक्षण साउन २ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा भएको थियो । आरोपितलाई प्रहरीले साउन ११ गते गिरफ्तार गरेको थियो ।

अन्य

भिडियो