INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा १८ वर्ष कैद सजायको फैसला

१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत रुपन्देहीले सियारी गाउँपालिका–६, गिदलियाका २४ वर्षीय गोपाल थारुलाई १८ वर्ष कैद सजाय गर्ने फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश अशोक कुमार बस्नेतको वैशाख १४ गतेको इजलासले कसुर ठहर गर्दै थारुलाई १८ वर्ष कैद सजाय, ७ लाख रुपियाँ क्षतिपूर्ति, ७५ हजार रुपियाँ जरिबाना र २८ हजार रुपियाँ पीडित राहत कोषमा जम्मा गर्ने फैसला गरेको अदालतका स्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले जानकारी दिनुभयो ।

थारुले ०८० भदौ २३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले भदौ २४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । पीडितको स्वास्थ्य परीक्षण भदौ २४ गते भिम अस्पताल, भैरहवामा भएको थियो । प्रहरीले आरोपितलाई भदौ २४ गते गिरफ्तार गरेको थियो ।

अन्य

भिडियो