१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले १७ वर्षीय बालकलाई नौ वर्ष कैद गर्ने फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश तेजनारायण पौडेलको वैशाख १६ गतेको इजलासले कसुर ठहर गर्दै बालकलाई नौ वर्ष कैद सजाय, ३ लाख ५० हजार रुपियाँ जरिबाना, ३५ हजार रुपियाँ
क्षतिपूर्ति र १ हजार ८ सय पीडित राहत कोषमा जम्मा गर्ने फैसला गरेको अदालतका स्रेस्तेदार दामोदर घिमिरेले जानकारी दिनुभयो ।
बालकले ०८१ वैशाख १४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले वैशाख २५ गते वडा प्रहरी कार्यालय, लमहीमा उजुरी दिएका थिए । पीडितको स्वास्थ्य परीक्षण वैशाख २५ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा भएको थियो । प्रहरीले बालकलाई वैशाख २५ गते गिरफ्तार गरेको थियो ।