INSEC Online

📅 २०८३ जेष्ठ २१

केही प्रदेश ऐन संशोधन गर्न बनेको अध्यादेश जारी

कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८२ जारी गर्नु भएको छ ।

कोशी प्रदेश सरकारको ०८२ वैशाख १६ गतेको मन्त्रिपरिषद्को बैठकले सिफारिस गरे बमोजिम केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८२ प्रदेश प्रुमख खापुङले वैशाख १६ गते जारी गर्नु भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

अध्यादेश मार्फत संशोधन गरिएका ऐनहरूमा सार्वजनिक साझेदारी ऐन २०७६, प्रदेश सहकारी ऐन २०७६, प्रदेश सवारी तथा यातायात  व्यवस्था ऐन २०७६, प्रदेश भवन ऐन २०७६ छ ।

प्रदेश औद्योगिक व्यवसाय ऐन २०७६, प्रदेश पर्यटन ऐन २०७६, कोशी प्रदेश निजी तथा साझेदारी फर्म रजिष्टेशन ऐन २०७७ र प्रदेश वन ऐन २०७७ रहेको कोशी प्रदेश सरकारका प्रवक्ता आन्तरिक ममिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले बताउनु भएको छ ।

photo 202504029 Morang

अन्य

भिडियो