INSEC Online

📅 २०८३ जेष्ठ २२

जिल्ला अस्पतालमा ब्लड बैङ्क नहुँदा सुत्केरीलाई समस्या !

जिल्ला अस्पताल हुम्लामा ब्लड बैङ्क नहुँदा सुत्केरीलाई समस्या भएको छ । सुत्केरी अस्पतालमा भर्ना गरे पनि स्वास्थ्य संस्थामा ब्लड बैङ्क नभएकै कारण सुत्केरी महिलाहरूको ज्यान जोखिममा पर्ने गरेको छ ।

Photo29042025Humla

जिल्ला अस्पताल जिल्लाको सबैभन्दा ठूलो अस्पताल हो । यो अस्पतालबाट जिल्लाका अधिकांश नागरिकले सेवा पाउँछन् । तर, सङ्कलन केन्द्र नहुँदा रगत व्यावस्थापनमा समस्या हुँदै आएको छ । अस्पतालमा दैनिक कम्तिमा ५० जना बिरामीले उपचार गर्छन् । जटिल शल्यक्रिया मार्फत प्रसुती समेत हुने भएकाले रगतको आवश्यकता दैनिक पर्ने गरेको छ । जिल्लामा जिल्ला अस्पताल वा अरु कुनै संस्थामा रगत सङ्कलनको व्यावस्था नहुँदा बिरामी र बिरामीका परिवार समस्यामा परेका छन् ।

Photo29042025Humla2

करिब ४८ कोष टाढा रहेको चङ्खेली गाउँपालिका–६ की विष्णु हमाल मेलछाम स्वास्थ्य चौकीमा वैशाख १४ गते साँझ साढे ५ बजे सुत्केरी हुनुभएको थियो । उहाँको स्वास्थ्य जटिल भएकाले स्वास्थ्यकर्मीहरूले सदरमुकाम सिमकोट लगेर उपचार गर्न सुझाव दिएका थिए । पति छित्त हमालले एम्बुलेन्समा राखेर पाँच घण्टाको यात्रापछि वैशाख १५ गते बिहान जिल्ला अस्पताल पुर्‍याउनुभयो । हमाल जिल्ला अस्पतालमै सुत्केरी भए पनि ब्लडको आवश्यक्त परेपछि सुत्केरीले दुख भोग्नु पर्‍यो । उहाँलाई ब्लडको अभावका कारण नेपालगञ्जस्थित रिफर गरियो ।

जिल्लामा ‘ए नेगेटिभ’ रगत नभेटिएपछि जिल्ला बाहिर रेफर गरिएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख चिकित्सक प्रतिक्षा भारतीले बताउनु भयो । कतिपय बिरामीहरूका लागि सामाजिक सञ्जालबाट दाताहरूलाई हारगुहार गरेर समस्या समाधान गर्ने गरेको उहाँले बताउनु भयो । उहाँले अस्पताल तथा अन्य निकायबाट आधुनिक उपकरणहरू प्राप्त नभएको कारण र भएका साधनहरूको व्यवस्थित गर्दै अगाडि बढ्न नसकेको बताउनु भयो । सेवा सञ्चालनका लागि प्रयासरत रहेको प्रमुख भारतीको भनाइ छ ।

Photo29042025Humla1

अन्य

भिडियो