INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा १८ वर्ष कैद सजायको फैसला

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले तुलसीपुर उमनपा–१५ का ५५ वर्षीय सिताराम नेपाली सार्कीलाई १८ वर्ष कैद गर्ने फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश रोमाकान्त ज्ञवालीको ०८२ वैशाख १५ गतेको इजलासले दोषी ठहर गर्दै १८ वर्ष कैद सजाय, ७ लाख रुपियाँ जरिबाना, २५ हजार रुपियाँ क्षतिपूर्ति र २ हजार २ सय रुपियाँ पीडित राहत कोषमा जम्मा गर्ने फैसला गरेको अदालतका स्रेस्तेदार दामोदर घिमिरेले जानकारी दिनुभयो ।

सार्कीले ०८१ भदौ २ गते बलात्कार गरेको भन्दै पीडित पक्षले भदौ ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । पीडितको स्वास्थ्य परीक्षण भदौ ११ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा भएको थियो । प्रहरीले आरोपितलाई भदौ १३ गते गिरफ्तार गरेको थियो ।

अन्य

भिडियो