INSEC Online

📅 २०८३ जेष्ठ २२

हत्या घटनाका आरोपितहरू गिरफ्तार

वृन्दावन नगरपालिका-७ का १४ वर्षीय कृष्णप्रसाद यादवको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँ का २५ वर्षीय नागेन्द्र सहनी र २२ वर्षीय साधु भनिने नागेन्द्र सहनीलाई वैशाख १२ गते र अर्का अरोपितहरू गौर नगरपालिका-४ का २४ वर्षीय विकास पटेल र २२ वर्षीय अनिल साहलाई वैशाख १३ गते प्रहरीले गिरफ्तार गरेको छ ।

यादवको शव वैशाख ११ गते गरुडा नगरपालिका-८ स्थित चाँदी खोलामा फेला परेको थियो । उनको छाती र पेटमा गोली लागेको, घाँटी छिनिन लागेको, पेटबाट भित्रि अङ्गहरू निस्केको, टाउकोको भाग सडिगलेको अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय, रौतहटद्वारा वैशाख १४ गते सार्वजनिक गरिएको प्रेस नोटमा उल्लेख छ ।

प्रहरीको अनुसार आरोपित नागेन्द्र सहनीले वैशाख ६ गते बालकलाई फोन गरी टिकटक बनाउन भनि गरुडा नगरपालिका-८ स्थित चाँदी खोलामा बोलाएकोमा आरोपितहरूले बालकलाई नियन्त्रणमा लिई उनको मोबाइल खोसेर सोही मोटरसाइकलमा बिचमा यादवलाई राखी तीनै जना चाँदी खोलामा गएका थिए ।

त्यसैगरी, प्रेस नोटमा नागेन्द्र सहनी र मृतक यादवको परिवारबीच पुरानो रिसिइबी रहेको र त्यसैको रिसमा आरोपितद्वय सहनीले बालकको हत्या गरेको उल्लेख गरिएको छ ।

आरोपितद्वयले बालकको हत्या गरी निजको बीआर ०५ डब्लू ०१३७ नम्बरको मोटरसाइकल दुर्गा भगवती गाउँपालिका-५ स्थित साधुको बहिनी ज्वाइँको घरमा राखेका थिए । वैशाख ७ गते आरोपितहरू पुनः बहिनी ज्वाइँको घरमा गइ मोटरसाइकल लिई विकास पटेललाई ५ हजार रुपियाँमा बेचेका थिए र अनिल साहको ग्यारेजमा लगि निजको सहयोगमा उक्त मोटरसाइकल टुक्राटुक्रा परेका थिए ।

वैशाख ६ गते साँझ घरबाट निस्केका छोर घर नफर्केपछि पीडित परीवारले खोजतलासका लागि इलाका प्रहरी कार्यालय गरुडामा वैशाख ९ गते निवेदन दिएको प्रहरीले जनाएको छ ।

शवको पोष्टमार्टम चन्द्रपुर अस्पतालमा वैशाख ११ गते भएकाेमा शव सदगद का लागि सोही दिन शव पीडित परीवारलाई बुझाएको प्रहरीले जानकारी दिए ।

प्रेस नोटमा प्रारम्भिक अनुसन्धानपछि प्रहरीले आरोपिहरूमाथि कर्तव्य ज्यान मुद्दामा सात दिनको म्याद थप गराई थप अनुसन्धान गरिरहेको उल्लेख गरिएको छ ।

अन्य

भिडियो