INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा पाँच वर्ष कैद सजायको फैसला

१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा घोराही उमनपा–१२ का १६ वर्षीय बालकलाई पाँच वर्ष कैद गर्ने फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश तेजनारायण पौडेलको वैशाख १२ गतेको इजलासले दोषी ठहर गर्दै पाँच वर्ष कैद सजाय, २ लाख ५० हजार रुपियाँ क्षतिपूर्ति, २५ हजार रुपियाँ जरिबाना र १ हजार रुपियाँ पीडित राहत कोषमा जम्मा गर्ने फैसला गरेको जिल्ला अदालतका स्रेस्तेदार दामोदर घिमिरेले जानकारी दिनुभयो ।

बालकले ०८० माघ २१ गते बलात्कार गरेको भन्दै पीडित पक्षले माघ २२ गते जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी दिएका थिए । पीडितको गर्भमा ४ महिनाको बच्चा रहेको पाइएपछि माघ २२ गते नै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुरक्षित गर्भपतन गरी पीडितको उपचार गरिएको थियो । प्रहरीले आरोपितलाई माघ २२ गते गिरफ्तार गरेको थियो ।

अन्य

भिडियो