१६ वर्षीया छोरीलाई बलात्कार गरेको कसुरमा २९ वर्र्षीय बुवालाई १४ वर्ष कैद सजायको फैसला भएको छ ।
जिल्ला अदालतका न्यायाधीश मनोज श्रेष्ठको ०८२ वैशाख ११ गतेको इजालसले कसुर ठहर गर्दै १४ वर्ष कैद सजाय, ५ लाख रुपियाँ जरिबाना, ४० हजार रुपियाँ क्षतिपूर्ति र २१ हजार ६ सय रुपियाँ पीडित राहत कोषमा भराउने फैसला गरेको अदालतको सूचना अधिकृत अमृता केसीले बताउनु भयो ।
पीडितलाई ०८१ जेठ ४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ १० गते इलाका प्रहरी कार्यालय, मैनापोखरमा उजरी दिएको थियो । प्रहरीले घटनाका आरोपितलाई जेठ १० गते गिरफ्तार गरेको थियो । पीडितको स्वास्थ्य परीक्षण जेठ १० गते बर्दिया जिल्ला अस्पताल गुलरियामा गरिएको थियो ।