१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा ३९ वर्षीय बुबालाई जन्मकैद सजायको फैसला भएको छ ।
जिल्ला अदालतका न्यायाधीश मनोज श्रेष्ठको ०८२ वैशाख ११ गतेको इजालसले कसुर ठहर गर्दै जन्मकैद, ५ लाख रुपियाँ जरिबाना, ५० हजार रुपियाँ क्षतिपूर्ति र २० हजार पीडित राहत कोषमा भराउने फैसला गरेको अदालतको सूचना अधिकृत अमृता केसीले बताउनु भयो ।
पीडितलाई ०८१ असार ११ गते बलात्कार गरेको भन्दै पीडित पक्षले असार १२ गते इलाका प्रहरी कार्यालय, मैनापोखरमा उजरी दिएको थियो । प्रहरीले घटनाका आरोपितलाई असार १२ गते गिरफ्तार गरेको थियो । पीडितको स्वास्थ्य परिक्षण असार १२ गते बर्दिया जिल्ला अस्पताल गुलरियामा गरिएको थियो ।