१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले १४ वर्षीय बालकलाई नौ वर्ष कैद सजायको फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश मनोज श्रेष्ठको ०८२ वैशाख ८ गतेको इजालसले कसुर ठहर गर्दै नौ वर्ष कैद सजाय, ३ लाख ५० हजार रुपियाँ जरिबाना, ५० हजार रुपियाँ क्षतिपूर्ति र १४ हजार रुपियाँ पीडित राहत कोषमा भराउने फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार कपिल पौड्यालले जानकारी दिनुभयो ।
पीडित बालिकालाई बालकले ०८० कात्तिक २० गते बलात्कार गरेको भन्दै पीडित पक्षले कात्तिक २१ गते इलाका प्रहरी कार्यालय, ढोढरीमा उजरी दिएको थियो । प्रहरीले बालकलाई कात्तिक २१ गते गिरफ्तार गरेको थियो । पीडितको स्वास्थ्य परीक्षण कात्तिक २१ गते बर्दिया अस्पताल, गुलरियामा भयो ।