INSEC Online

📅 २०८३ जेष्ठ २१

हत्या घटनाका आरोपित गिरफ्तार

माई नगरपालिका-४ सिञ्जालीटारकी ५२ वर्षीया भूमिका चापागाईँको खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले माई नगरपालिका-४ शक्रबारेका ४२ वर्षीय ज्वाईँ शान्तिराम दुलाललाई वैशाख १२ गते गिरफ्तार गरेको छ ।

घरायसी विवादका क्रममा आरोपितले ०८२ वैशाख १२ गते सासुको खुकुरी प्रहार गरी हत्या गरेको सूचना स्थानीयले दिएपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मानबहादुर राईले बताउनु भयो ।

खुकुरी प्रहारबाट पीडितको कञ्चट र गर्धनमा चोट लागेको र विएण्डसी अस्पताल, विर्तामोडमा उपचारका क्रममा मृत्यु भएको डिएसपी राईले बताउनु भयो ।

शवको पोष्टटमार्टम मेची प्रादेशिक अस्पताल, भद्रपुरमा वैशाख १३ गते गर्ने तयारी गरिएको छ ।

अन्य

भिडियो