INSEC Online

📅 २०८३ जेष्ठ २१

शिक्षक आन्दोलनको इन्सेकद्वारा अनुगमन

शिक्षा ऐन जारी गरिनु पर्ने मुख्य माग सहित काठमाडौँ केन्द्रीत शिक्षक आन्दोलनको इन्सेक बागमती प्रदेश कार्यालयद्वारा अनुगमन गरिएको छ ।

नेपाल शिक्षक महासङ्घको नेतृत्वमा ०८१ चैत २० गतेदेखि काठमाडौंको माइतीघरदेखि बानेश्वर क्षेत्रमा शिक्षकहरूले निरन्तर आन्दोलन गरिरहेका छन् ।

आन्दोलनको अनुगमनका क्रममा शिक्षक महासङ्घका केन्द्रीय अध्यक्ष तथा आन्दोलन परिचालन समितिका संयोजक लक्ष्मीकिशोर सुवेदीले आन्दोलनको २३ ‍औँ दिनसम्म आइपुग्दा पनि सरकारले शिक्षकको माग पुरा गर्ने सुनिश्चितता नभएको बताउनु भयो । उहाँले यस अघिका सरकार र महासँघबीच भएको ६ बुँदे सहमति कार्यान्वयको लागि शिक्षक सडकमा आउनु परेको बताउनु भयो ।

Photo3kathmandu

अनुगमनका क्रममा इन्सेक बागमती प्रदेश संयोजक गणेश भण्डारीले नयाँ शैक्षिक सत्रको लागि विद्यार्थी भर्ना अभियान, कक्षा १२ को परीक्षा दिनबाट वञ्चित भएका विद्यार्थीको भविष्य र एसईई परीक्षाको उत्तरपुस्तिका परीक्षणमा परेको असरबारे महासङ्घका अध्यक्ष सुवेदीको ध्यानाकर्षण गराउनु भएको थियो ।

सुवेदीले एसईई परीक्षाको उत्तरपुस्तिका परीक्षण, कक्षा १२ को परीक्षा र नयाँ शैक्षिक सत्रको विद्यालय भर्ना अभियान तथा वार्षिक पठनपाठन तालिकाको वैकल्पिक व्यवस्था गरेर भए पनि पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्दै सरकारलाई आफ्नो शिक्षा ऐनको माग पुरा गराउन सडक आन्दोलनलाई निरन्तरता दिन बाध्य भएको बताउनु भयो ।

Photo4kathmandu

इन्सेक बागमती प्रदेश संयोजक गणेश भण्डारी तथा इन्सेक सूचना अधिकारी कृष्ण गौतमले आन्दोलनको अनुगमनका क्रममा शिक्षक महासङ्घका केन्द्रीय अध्यक्ष तथा विभिन्न जिल्लाबाट आउनु भएका शिक्षक सङ्गठनका प्रतिनिधि तथा शिक्षकसँग आन्दोलनले नयाँ शैक्षक सत्रको लागि विद्यार्थी भर्ना कार्यक्रम तथा कक्षा १२ को परीक्षा अवरुद्ध भएको विषयमा पनि छलफल गरेको थियो ।

अनुगमनका क्रममा एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनका अध्यक्ष शङ्कर अधिकारीले विद्यार्थीको पठनपाठनको विषयमा शिक्षक चिन्तित रहेको र आफ्ना मागको लागि काठमाडौँमा आन्दोलनमा सहभागी भए पनि गाउँमा रहनु भएका शिक्षकलाई विद्यालय नखोले पनि घरदैलो अभियानमा संलग्न भई ४५ दिने वर्षे बिदा र शनिवारको बिदामा समेत पठनपाठन गरेर विद्यार्थीको शैक्षिक गुणस्तर र पठाइ नबिगार्ने अनौपचारिक व्यवस्था मिलाइएको बताउनु भयो ।

Photo1kathmandu

मन्त्रिपरिषद्को सिफारिसमा ०८२ वैशाख ३ गते राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १२ गते दिउँसो १ बजेका लागि सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेका छन् र शिक्षकको माग सम्बोधन गर्न संसद् अधिवेशन गर्नुका साथै शिक्षा मन्त्रालयका तर्फबाट सहजीकरण समिति निर्माण गरेर संवादमा गरे पनि समस्याको समाधान हुन सकेको छैन ।

शिक्षक महासङ्घको नेतृत्वमा भएको आन्दोलनमा देशैभरका शिक्षकहरूले हरेक दिन माइतीघर, बबरमहल र बानेश्वर क्षेत्रको सडकमा दिउँसो ११ बजेदेखि २ बजेसम्म धर्ना दिँदै आइरहेका छन् ।

Photo2kathmandu

अन्य

भिडियो