चार महिने छोरालाई ढुङ्गाले हानी हत्या गरेको आरोपमा नवलपुर जिल्ला बौदीकाली गाउँपालिका-२ अर्मलेकी ३६ वर्षीया कमला परियारलाई ०८२ वैशाख ८ गते प्रहरीले गिरफ्तार गरेको छ ।
घिरिङ गाउँपालिका- ४ थामडाँडामा रहेको माईतिघर जाने क्रममा मानपुर-डेढगाँउ सडक खण्डमा वैशाख ८ गते साँझ कमलाले आफ्नै चार महिनाको छोरा अर्जुन परियारलाई ढुङ्गाले हानी गम्भीर घाइते बनाइन्। स्थानीय बासिन्दाले घाइते बच्चालाई उपचारको लागि रामपुर अस्पताल पाल्पामा लगेकोमा उपचारको क्रममा वैशाख ८ गते मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक अशोक थापाले बताउनु भयो ।
आमा कमला परियारलाई इलाका प्रहरी कार्यालय डेढगाउ नवलपरासीले गिरफ्तार गरी थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयमा उपस्थित गराएकोमा प्रारम्भिक अनुसन्धान पुरा गरी आरोपित कमला परियारलाई कर्तब्य ज्यान मुद्दा शीर्षकमा तनहुँ जिल्ला अदालतबाट म्माद थप अनुमति लिई थप अनुसन्धान भरहेको डिएसपी थापाले जानकारी दिनुभयो ।