रुकुम पश्चिमका स्वास्थकर्मीले ६ महिनादेखि तलब नपाएको गुनासो गरेका छन् । स्वास्थकर्मीले तलब भत्ता नपाएपछि स्वास्थ्य सेवा कार्यालय प्रमुखलाई ध्यानाकर्षण गराएका छन् । स्वास्थ्य सेवा कार्यालयमा कार्यरत स्वास्थ्यकर्मीले ६ महिनादेखि तलब भत्ता नपाएपछि वैशाख ३ गते सम्मको अल्टिमेटम सहित स्वास्थ्य सेवा कार्यालयलाई ध्यानाकर्षण गराएका हुन् ।
रुकुम पश्चिमको स्वास्थ्य सेवामा कार्यरत छात्रवृद्धी करार मेडिकल अधिकृत, डेन्टल अधिकृत, जनस्वास्थ्य अधिकृत लगाएत १२ जनाले कात्तिकदेखि चैत महिनासम्मको पारिश्रमिक नपाएपछि वैशाख ३ गते उपलब्ध गराउन ध्यानाकर्षण सहित अल्टिमेटम दिएका हुन् ।
कार्यालय प्रमुखलाई सम्वोधन गरी सामूहिक हस्ताक्षरसहित बुझाएको पत्रमा वैशाख ३ गतेसम्म पारिश्रमिक नपाएपछि अस्तपालबाट प्रदान हुने आपतकालीन सेवा बाहेक ठप्प पर्ने चेतावनी दिएका थिए । सो सम्वन्धमा स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी कालीबहादुर बुढालाई सम्पर्क गर्न खोज्दा फोन स्वीचअफ भएकाले सम्पर्क नहुन नसकेको छैन । स्वास्थ्य सेवा कार्यालयमा कार्यरत पुस्पा केसीले १२ जना स्वास्थ्यकर्मी मध्य एक डाक्टर, मेडिकल अधिकृत सात जना, डेन्टल सर्जन दुई जना जनस्वास्थ्य अधिकृत तीन जना रहेका छन् । स्वास्थ्य सेवा कार्यालयबाट विदाइ भएका तीन जना मेडिकल अधिकृत र एक डेन्टल सर्जनले अहिलेसम्म पारिश्रमिक नपाएको बताउनु भयो ।
दैनिक कामकाजमा खटिएर भोको पेटमा सेवा प्रवाह गर्न नसक्ने भएपछि लामो समय तलब भत्ताको माग गर्दा सम्वन्धित निकायले सुनुवाई नगरेपछि कार्यालय मार्फत सम्वन्धित निकायको ध्यानाकर्षण गरी मागको सम्वोधन गरिदिनका लागि तीन दिन समयावधी राखी ध्यानाकर्षण पत्र बुझाउने बाध्य भएको बताएका छन् ।