११ वर्षीय बालिकाको हत्या गरेको आरोपमा दाजु १५ वर्षीय बालकलाई ०८२ वैशाख २ गते प्रहरीले गिरफ्तार गरेको छ ।
आरोपितले ०८१ चैत ४ गते साँझ खपिन्छेमा रहेको बाबुराजा अवालेको घरको भुइँ तलामा कपडा लिन गएको र त्यस बेला बत्ती निभेका कारण मैनबत्ती बालिएकोमा मैनबत्ती निभेको निहुँमा दाजु बहिनी बीच विवाद हुँदा दाजुले आबेगमा आई बहिनीको घाँटीमा डोरी कस्दा बहिनीको मृत्यु भएको आरोपितले प्रहरीलाई बताएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी एवम् प्रवक्ता नरहरि रेग्मीले बताउनु भयो ।
शव ०८१ चैत २९ गते पानी ट्याङ्कीमा फेला परेको थियो भने चैत ३० गते पाटन अस्पतालमा पोष्टमार्टम गरिएको अस्पतालका निर्देशक प्राध्यापक डाक्टर रवि शाक्यले जानकारी दिनुभयो ।
बोहराका परिवार केही समय अघिसम्म सोही घरमा डेरामा बस्ने गरेको र डेरा सरेपछि छुटेको लुगा लिन जाँदा उक्त घटना भएको अनुसन्धानका क्रममा पाइएको प्रहरीले जनाएको छ । आरोपितलाई ललितपुर जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको एसपी एवम् प्रवक्ता रेग्मीले बताउनु भयो ।