१४ वर्षीया दुई जना बालिकालाई बेचबिखन तथा ओसार पसार गरी बलात्कार गरेको आरोपमा सर्लाही जिल्लाको लालबन्दी नपा–४, करैयाका २० वर्षीय निखिल चौधरी र बर्दिया जिल्लाको राजापुर नपा–५, नेहलपुरका १० वर्षीय अरुण चौधरीलाई प्रहरीले ०८१ चैत ३१ गते कालीदहबाट गिरफ्तार गरेको छ ।
पीडित बालिकाद्धयलाई आरोपितले राम्रो जागिर लगाइदिने प्रलोभन देखाएर चैत २५ गते बलात्कार गरेको र चैत ३१ गते भारत लैजादै गर्दा काली दहबाट बालिकाको उद्दार गरी आरोपित विरुद्ध चैत २९ गते इलाका प्रहरी कार्यालय, गोरुसिङ्गेमा उजुरी दियो ।
पीडितको स्वास्थ्य परीक्षण चैत ३१ गते गते कपिलवस्तु अस्पताल, तौलिहवामा भयो ।