INSEC Online

📅 २०८३ जेष्ठ २१

कामदारहरूले दुई वर्षसम्म ज्याला नपाएको गुनासो !

जिल्लाको खाँडाचक्र नगरपािलका-८ मा रहेको लिंगासैनी मावि भवन निर्माण गर्ने जिम्मा लिएको निर्माण कम्पनीका ठेकेदारले काम गरेको दुई वर्ष पनि ज्याला नदिएको गुनासो कामदाहरूले गरेका छन् ।

भवन निर्माण गरेको दुई वर्ष बितिसक्दा पनि दिपक एण्ड मान्म निर्माण कम्पनीका प्रतिनिधि पटक शाहीले प्रत्येक व्याक्ति ५० दिन बराबरको ज्याला मजदुरी नदिएपछि पीडितहरूले चैत २९ गते जिल्ला प्रसाशन कार्यालयमा निवेदन दिएका हुन् ।

काम गरेको दुई वर्षसम्म पनि काम गरेको ज्याला नपाएपछि जिल्ला प्रसाशन कार्यालयमा उजुरी दिनु परेको दक्ष कामदार जनक परियारले गुनासो गर्नुभयो । उहाँले जिल्ला प्रसाशन कार्यालयमा निवेदन दिँदा पनि काम गरेको ज्याला नपाए कामदारहरूले ठेकेदारको घर घेरा गर्ने समेत चेतावनी दिनुभयो ।

ज्याला नपाएको भन्दै कामदारहरू जनक परियार, नमराज मल्ल, अज्या सार्की, कर्ण नेपाली, हंस परियार लगाएत नौ जना कामदारको हस्ताक्षरमा जिल्ला प्रसाशन कार्यालयमा उजुरी दिनु भएको छ । सोको विषयमा प्रमुख जिल्ला अधिकारी नाराण प्रसाद भट्टराइले निवेदनका विषयमा थप बुझेर आवश्यक कार्वाही प्रक्रिया अगाडि बढाउने बताउनु भयो ।

यता निर्माण कम्पनीका प्रतिनिधि पटक शाहीले नगरपािलकाबाट पूर्ण भुक्तनी नभएकाले ज्याला दिन नसकिएको प्रतिक्रिया दिनु भयो । नेपालको संविधान २०७२ धार ३४ भकिो २ मा प्रत्यक श्रमिकलाई उचित पारिश्रमिक सुविधाको हक हुनेछ उल्लेख गरिएको भए पनि पीडित श्रमिकहरूले समयमा ज्याला नपाउँदा मर्कामा परेका छन् ।

अन्य

भिडियो