१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले देवचुली नगरपालिका–२ का १८ वर्षीय चन्दन भनिने रामचन्दन चौधरीलाई १२ वर्ष कैद सजायको फैसला गरेको छ ।
नवलपुर जिल्ला अदालतका न्यायाधीस कमलप्रसाद ज्ञवालीको ०८१ चैत २५ गतेको इजलासले कसुर ठहर गर्दै १२ वर्ष कैद सजायको फैसला गरेको अदालतका श्रेष्तेदार गम्भिर घिमिरेले बताउनु भयो ।
अदालतले कैद सजाय सहित रु. ४ लाख ६६ हजार ६६७ जरिवाना र पीडितलाई रु. एक लाख क्षतिपूर्ती भराउने फैसला गरेको श्रेष्तेदार घिमिरेले बताउनु भयो ।
आरोपितले बालिकालाई २०८० फागुन १२ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय नवलपुरमा फागुन २३ गते उजुरी दिएका थिए । प्रहरीले आरोपितलाई फागुन २३ गते गिरफ्तार गरी सरकारी वकिल कार्यालय मार्फत जिल्ला अदातलमा चैत १९ गते बलात्कार कसुर शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।