१३ वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा सिरानचोक गाउँपालिका–५ छोप्राक धारपानीका ५० वर्षीय राजेन्द्र पोखरेललाई प्रहरीले ०८१ चैत २६ गते गिरफ्तार गरेको छ ।
आरोपितले बालिकालाई चैत २५ गते यौन दुव्र्यवहार गरेको भन्दै पीडितका आफन्तले चैत २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
आरोपितविरुद्ध प्रहरीले बालयौन दुरुपयोग शीर्षकमा मुद्दा दर्ता गरी सात दिनको म्याद थप अनुमति लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी इन्द्रप्रसाद सुवेदीले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत २६ गते गोरखा अस्पतालमा भएको थियो ।