INSEC Online

📅 २०८३ जेष्ठ २१

द्धन्द्धकालमा विस्थापित धामीले २२ वर्षपछि नागरिकता पाए, पुनर्स्थापनाका लागि सहयोग गर्न आग्रह !

शसस्त्र द्धन्द्धकालमा विस्थापित भएका शैल्यशिखर नगरपालिका–१ का ४३ वर्षीय देवसिह धामीले जिल्ला प्रशासन कार्यालय दार्चुलाबाट विस्थापित भएको २२ वर्षपछि नेपाली नागरिकता पाउनुभएको छ । ०५९ सालमा १७ वर्षको उमेरमा विस्थापित भएका धामीले वडा कार्यालयको सिफारिसका आधारमा नागरिकता पाउनुएको हो ।

विस्थापित भएको झण्डै २२ वर्षपछि गत फागुनमा गाउँ फर्किएका धामीलाई वडाध्यक्ष भरतबहादुर खडायतले नागरिकताको लागि पहल गर्नुभएको थियो । तत्कालिन नेकपा माओवादीबाट यातना पाएर गाउँ छोडि भारत पसेका धामी गाउँ फर्किएपछि नागरिकता बनाउने लागेका थिए ।

नागरिकता पाएपछि धामीले भन्नुभयो, ‘अब गाउँमै पुनस्र्थापित जीवन बिताउने चाहना छ । द्धन्द्ध सकिएको रहेछ । पहिलेको जस्तो अवस्था अहिले गाउँमा छैन् । परदेशी जिवन कति बिताउनु धामीले सुनाउनु भयो । भारतबाट फर्किएर अब सपरिवार गाउँमै रमाउने मन छ । यसका लागि सबै पक्ष र सरकारलले सहयोग गर्न अनुरोध गर्दछु । ’

उतिबेला सुराकीको आरोपमा मरणासन्न हुनेगरी कुटिएका धामी अहिले पनि माओवादीले कहि कुटि पो हाल्छन् भनेर झस्किने गरेको बताउनु हुन्छ । जीवनको महत्वपूर्ण समय भारतमा मजदुरी गरेर खर्चिए । विस्थापित भएकै कारण घरमा भर्खरै विहे गरेकी पत्नी गुमाए । बुवा भाई अहिले पनि तराइमा बस्छन् । यतिसम्म भोगेको पीडाबाफत क्षतिपूर्ति कसले दिने हो ? । ‘गाउँबाट टाँढा हुँदा आफूले भोग्नुपरेको समस्या बारे अहिले भनि साध्य छैन्,’ उहाँले थप्नुभयो, ‘तर अब सुख्खले बस्न दिने भए यहि मजदुरी गरेर बाँकी जीवन बिताउनको लागि प्रयासरत छु । सरकारले पुनर्स्थापनाका लागि राहत तथा क्षतिपुर्ति दिन आग्रह गर्दछु ।’

जिल्ला प्रशासन कार्यालयबाट नागरिकता पाएपछि धामी खुसी हुनुभएको छ । नागरिकताका लागि वडा कार्यालयले सहयोग गरेको थियो । जिल्ला प्रशासनसम्मै पुगेर नागरिकता बनाउन सहयोग गरियो वडाध्यक्ष खडायतले जानकारी दिनुभयो । वडा अध्यक्ष खडायतले भन्नुभयो, ‘गाउँमै बस्न चाहन्छन् भने वडा कार्यालयले गर्ने सहयोग गर्छ ।’ पुनर्स्थापित जीवन जिउन वडाको तर्फबाट सक्दो सहयोग गरिने उहाँले बताउनु भयो ।

प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले विस्थापित धामीलाई प्रकृया पुर्‍याएर नागरिकता दिइएको बताउनु भयो । वडाको सिफारिस पत्र र मुचुल्कासहित प्रशासनमा आएपछि नागरिकता उपलब्ध गराइएको उहाँले भनाइ छ ।

अन्य

भिडियो