INSEC Online

📅 २०८३ जेष्ठ २१

शिशु मृत्युदर कायमै, तीन वर्षमा ७० शिशुको मृत्यु

जिल्लामा शिशु मृत्युदर कायमै रहेको पाइएको छ । स्वास्थ्य कार्यालय, बैतडीको तथ्याङ्क अनुसार गएको तीन वर्षमा ७० जना नवजात शिशु र तीन जना सुत्केरीको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष ०७८ / ०७९ मा ४३ जना, ०७९ / ०८० मा ११ जना, ०८० / ०८१ मा १३ जना र चालु आर्थिक वर्षमा तीन जना नवजात शिशुको मृत्यु भएको छ । योसँगै आव ०८० / ०८१ मा दुई जना र ०८१ / ०८२ मा एक जना सत्केरीको मृत्यु भएको स्वास्थ्य कार्यालय, बैतडीका निरीक्षक हरिश भट्टले बताउनु भयो ।

उहाँले भन्नुभयो, “दिगो विकास लक्ष्य अन्तर्गत सन् २०३० सम्म मातृशिशु मृत्युदर शून्यमा झार्ने लक्ष्य भए पनि सो लक्ष्य हासिल गर्न चुनौती छ ।” उहाँका अनुसार आमा र शिशुको मृत्यु नरोकिनुका पछाडि स्वास्थ्य संस्था जान र पुगिहाले पनि स्वास्थ्य सेवा पाउन ढिलाइ तथा तालिम प्राप्त दक्ष स्वास्थ्यकर्मी नहुनु मुख्य समस्या रहेका छन् । प्रसूती महिलाको रक्तचाप बढेर शरीर काम्दा देवीदेवताको पछाडि लाग्ने जस्ता अन्धविश्वास पनि रहेको उहाँले बताउनु भयो ।

जिल्लाका १० स्थानीय तह र ८४ वडामा सुरक्षित प्रसूती सेवा दिन १ सय ५७ ओटा प्रसूती केन्द्र रहेका छन् । यीमध्ये १ सय १५ ओटा स्वास्थ्य संस्थामा तालिम प्राप्त दक्ष जनशक्ति रहेका छन् भने साबिकका ६८ ओटा गाविसका तत्कालीन स्वास्थ्य चौकीमा अनमी, अहेव र औषधी उपकरणको व्यवस्था गरिएको छ ।

स्वास्थ्य कार्यालयm बैतडीका खोप सुपरभाइजर हरिस भट्टका अनुसार पञ्चेश्वर गाउँपालिका र सिगास गाउँपालिकामा मृत्यु भएका दुई जना सुत्केरीलाई प्रसूतीका लागि स्वास्थ्य संस्थामा ल्यानुको सट्टमा धामीझाँक्रीको विश्वासमा पर्दा मृत्युभएको पाइएको छ ।

समाजमा अहिले पनि रूढिवादी परम्परा कायमै रहेकाले यस्ता कुरीति हटाउन स्थानीय तहले धामीझाँक्रीलाई समेत सचेनामूलक तालिम दिन आवश्यक रहेको स्वास्थ्य कार्यालय, बैतडीका निमित्त कार्यालय प्रमुख तीर्थराज भट्टले बतउनु भयो ।

अन्य

भिडियो