INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा सात वर्ष कैद सजायको फैसला

२४ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले नेपालगञ्ज उपमहानगरपालिका-५ का ३८ वर्षीय दिनेश यादवलाई सात वर्ष कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश चन्द्रप्रकाश तिवारीको ०८१ चैत १५ गतेको इजलासले दोषी ठहर गर्दै आरोपितलाई सात वर्ष कैद सजाय, १ लाख रुपियाँ जरिबाना र २ सय रुपियाँ पीडित राहत कोषमा भराउने फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार गोविन्द आचार्यले जानकारी दिनुभयो ।

पीडित महिलालाई ०७७ असार १६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले असार १९ गते इलाका प्रहरी कार्यालय, धनौलीमा उजुरी दिएको थियो । प्रहरीले आरोपित फरार रहेको थियो ।
पीडितको स्वास्थ्य परीक्षण साउन १९ गते भेरी अस्पताल, नेपालगञ्जमा भएको थियो ।

अन्य

भिडियो