१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले नेपालगञ्ज उपमहानगरपालिका-३ का २० वर्षीय केशव घर्तीमगरलाई १० कैद सजायको फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश चन्द्र प्रकाश तिवारीको ०८१ चैत १५ गतेको इजलासले दोषी ठहर गर्दै आरोपितलाई १० वर्ष कैद सजाय, ५ लाख रुपियाँ जरिबाना र ५० हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार गोविन्द आचार्यले जानकारी दिनुभयो ।
पीडित बालिकालाई घर्तीमगरले ०८१ असार १८ गते बलात्कार गरेको भन्दै पीडित पक्षले असार १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । आरोपितलाई प्रहरीले असार १९ गते गिरफ्तार गरेको थियो । पीडितको स्वास्थ्य परीक्षण साउन २१ गते भेरी अस्पताल, नेपालगञ्जमा भएको थियो ।