INSEC Online

📅 २०८३ जेष्ठ २१

सिचाईं योजनाको काम गरेको तीन वर्षसम्म पनि पारिश्रमिक नपाएको गुनासो !

दुल्लू नगरपालिका–१३, मालिकामा प्रदेश सरकारको विनियोजित बजेटको छिन्चापिउसे सिचाईं योजनाको काम गरेका मजदुरहरूले तीन वर्षसम्म पारिश्रमिक नपाएको गुनासो गरेका छन् । आफूले पारिश्रमिक नपाएको भन्दै मजदुरीहरूले दुल्लू नगरपालिकामा बेलाबेला समस्या दर्शाउदा पनि नपाएको स्थानीय गङ्गा रावलले बताउनु भयो ।

प्रदेश सरकारको ०७८⁄७९ को १५ लाख बजेट अन्तर्गत काम चलेर अन्तिम भुक्तानीको तयारी भएको बेला स्थानीय रेशमबहादुर शाहीले व्यक्तिगत बाँझो पाखो बारिमा सिचाईं योजना पारेको भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि अहिलेसम्म भुक्तानी रोकिएको दुल्लू नगरपालिकाका मेयर भरतप्रसाद रिजालले जानकारी दिनुभयो ।

९७ घरधुरीको खेत सिचाईं गर्ने भनी व्यक्तिगत पहुँचमा पारेको योजना रेशमबहादुर शाहीको बाँझो पाखो बारीमा सिचाईं योजना पारेको भनी परेको उजुरीका सम्बन्धमा भएको छानबिनमा पुष्टि भएपछि सम्पूर्ण भुक्तानी प्रक्रिया रोकिएको थियो ।

उजुरीपछि मजदुरहरूको पारिश्रमिक ४ लाख ५० हजार, अरु निर्माण सामग्री समेत गरी झण्डै १० लाख भुक्तानी समेत उपभोक्ता समितिको जिम्मेवारीमा परेको छ । काम भएकै हो, लाभान्दित जनसङ्ख्या नै किर्ते राखिएको कारण जजदुरको पारिश्रमिक र निर्माण सामग्री बेच्ने व्यापारिकहरूको रकम समेत तिर्न नपाएको छिन्चापिउसे सिचाई योजना उपभोक्ता समितिकी कोषाध्यक्ष भीमसरा शाहीले उल्लेख गर्नुभयो ।

अन्य

भिडियो