INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार कसुरमा तीन महिना कैद सजायको फैसला

१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले  भोजपुर जिल्ला, षडानन्द नगरपालिका- १२ का ३५ वर्षीय हेमराज दाहाललाई तीन महिना कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश मुकेश उपाध्यायको ०८१ चैत १३ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै २० हजार रुपियाँ जरिबाना र पीडितले पाउने गरी कसुरदारबाट २५ हजार रुपियाँ क्षतिपूर्ति भराउन आदेश भएको छ ।

बालिकालाई ०८१ असार २ गते बाल यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध ०८१ असार ९ गते इलाका प्रहरी कार्यालय, धरानमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई प्रहरीले असार ९ गते गिरफ्तार गरी जिल्ला अदालतमा साउन २ गते यौन दुर्व्यवहार शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।

जिल्ला अदालतका न्यायाधीश सन्तोषप्रसाद पराजुलीको साउन ३ गतेको आदेशले आरोपित ५० हजार रुपियाँ धरौटीमा रिहा भएका थिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, घोपामा ०८१ असार ९ गते गरिएको थियो ।

अन्य

भिडियो