१२ वर्षीया बालिका अपहरण गरेको आरोपमा पीडित पक्षले देवानगञ्ज गाउँपालिका-७ का २० वर्षीय जीवछ यादवविरुद्ध प्रहरीमा उजुरी दिएको छ ।
यादवले १२ वर्षीया बालिकालाई ०८१ चैत १४ गते नम्वर नखुलेको भारतीय नम्वर प्लेटको मोटरसाइकलमा राखि अपहरण गरेको पीडित पक्षको आरोप छ ।
देवानगञ्ज गाउँपालिका-७ राजगञ्ज सिनुवारीबाट चैत १४ गते बालिकाको अपहरण भएको आरोपमा पीडित पक्षले घटनाका आरोपितविरुद्ध इलाका प्रहरी कार्यालय,देवानगञ्जमा उजुरी दिएको सइ राजेन्द्र चौधरीले बताउनु भयो ।
पीडित पक्षको उजुरीका आधारमा अपहरण गर्नेहरुको खोजी थालिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी युवराज खतिवडाले बताउनु भयो ।
प्रहरीले अपहरणकारीले बालिकालाई भारततर्फ लगेको हुन सक्ने अनुमान गरेको छ ।