अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) इन्सेकको पहलमा गुँरास गाउँपालिका-४ की ३७ वर्षीय अमृताकुमारी विश्वकर्माले नागरिकता प्राप्त गर्नुभएको छ ।
कानुनी प्रक्रियाका लागि इन्सेकले ०८१ चैत ६ गते उपलब्ध गराएको ८ हजार रुपियाँ सहयोग ग्रहण गर्दै इन्सेकको पहलकदमी र सहयोग निम्ति उहाँले धन्यवाद दिनुभएको हो । ‘पटकपटक आउजाउ गर्न यातायात, अदालती शुल्क र प्रक्रियागत काममा भएको खर्च अहिले उपलब्ध गराएको आभारी छु’ – उहाँले भन्नुभयो ।
इन्सेक जिल्ला प्रतिनिधि सेवाग्राहीको घरमै पुगेर उक्त सहायता दिनुभएको थियो । अघिल्लो वैवाहिक सम्वन्ध अदालती प्रक्रियाबाट सम्बन्ध विच्छेद भइसकेको तर पछिल्लो वैवाहिक सम्वन्ध भएको पतिको एक वर्ष अघि मृत्युपछि अमृतकुमारी विकले नागरिकता पाउन सक्नुभएको थिएन ।
पतिको क्यान्सरको उपचारको क्रममा मृत्यु भएको तर त्यसपछि नागरिकता आवश्यक पर्दा धेरै प्रयास गर्दा पनि नेपाली नागरिकता नपाएको कुरा इन्सेकको सम्पर्क पुगी पैरवी र सहायताको निम्ति उहाँले इन्सेकसँग सहायता माग्नुभएको थियो ।
इन्सेकको पहलमा उहाँले ०८१ माघ ४ गते नागरिकता पाउनुभएको थियो । नागरिकता प्राप्त भएपछि उहाँले राष्ट्रिय परिचयपत्र र मतदाता नावावली समेत भराइसक्नुभएको छ । उहाँका ११ र ६ वर्षका दुई जना छोरा र १० वर्षीया एक छोरी छन् ।
