INSEC Online

📅 २०८३ जेष्ठ २१

अनेरास्ववियु (क्रान्तिकारी) का कार्यकर्ताद्वारा क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का  कार्यकर्ताहरुले ०८१ चैत ८ गते चौतारा बहुमुखी क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड गरेको छ ।

सिन्धुपाल्चाेक

स्ववियु निर्वाचनका दिन चैत ५ गते एमाले सम्वद्ध अनेरास्ववियु र माओवादी संम्बद्ध क्रान्तिकारी विद्यार्थी संगठनहरु बिच निर्वाचनका विषयमा विवाद भएर स्थगित भएको निर्वाचन सुचारु नभई अन्यौलमा राखेको भन्दै अनेरास्ववियू क्रान्तिकारीको तर्फबाट सभापतिका उम्मेद्वार अमृत श्रेष्ठको नेतृत्वमा आएको समुहले ताडफोड गरेको चौतारा बहुमुखी क्याम्पसका प्राध्यापक हरिगोपाल श्रेष्ठले बताउनुभयो ।

तोडफोडबाट क्याम्पस प्रमुखको कार्यकक्षमा भएको टेवुल, कुर्सीहरु, दराज, झ्यालका सिसाहरु, महत्वपूर्ण कागजपत्रहरु लगायतमा क्षति पुर‌्याएको क्याम्पस प्रमुख नगेन्द्र दंगालले बताउनु भयो ।

अन्य

भिडियो