INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकार उल्लङ्घनका तथ्याङ्कलाई विश्लेषणात्मक बनाउनुपर्नेमा जोडः अध्यक्ष डा. अर्याल

मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको तथ्याङ्कलाई विश्लेषणात्मक रूपमा प्रस्तुत गर्नुपर्नेमा आवश्यकता रहेको इन्सेकका अध्यक्ष डा‍. कुन्दन अर्यालले बताउनु भएको छ ।

Photo-01 Chitwan YB Programm

इन्सेकद्वारा ०८१ चैत ८ गते चितवनमा आयोजित नेपाल मानव अधिकार वर्ष पुस्तकको कार्यशालामा मन्तव्य राख्दै डा. अर्यालले मानव अधिकार उल्लङ्घनका तथा ज्यादतिका तथ्याङ्कलाई व्यवस्थित र गहन विश्लेषणसहित प्रस्तुत गर्दा प्रभावकारी हुने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा उहाँले मानव अधिकार उल्लङ्घनका घटनाहरूको प्रामाणिकता सुनिश्चित गर्न विस्तृत अनुसन्धान र तथ्याङ्क सङ्कलन प्रक्रियालाई अझ प्रभावकारी बनाउन इन्सेक प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।

त्यस्तै इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले इन्सेकले सन् १९९२ देखि नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन गर्दै आएको बताउनु भयो । उहाँले इन्सेकले प्रकाशन गर्ने सबै विवरणहरू डिजिटलाइज गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले आगामी दिनमा ढाँचा परिवर्तन गरी अगाडि बढ्न सके अझ प्रभावकारी हुने बताउनु भयो ।

Photo-02 Chitwan YB Programm

सञ्चारविद् विनोद भट्टराईले नेपाल मानव अधिकार वर्ष पुस्तक आगामी दिनमा परिमार्जन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले नेपाल मानव अधिकार वर्ष पुस्तकको विषयवस्तु र गुणस्तरमा समयसापेक्ष रुपमा परिमाजर्न गर्नुपर्ने बताउनु भयो ।

मानव अधिकार प्रलेख तथा पैरवी विभागका प्रमुख मदन पौडेलले आगामी दिनमा नेपाल मानव अधिकार वर्ष पुस्तकलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा छलफल आवश्यक रहेको प्रष्ट पार्नुभयो । उहाँले नेपाल मानव अधिकार वर्ष पुस्तकको परिमार्जित ठाँचा तथा आगामी योजनाको बारेमा प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा वर्ष पुस्तकको महत्त्व, यसको सामग्रीको प्रभावकारिता र आगामी दिनमा सुधार गर्नुपर्ने विषयमा पनि छलफल भएको थियो । इन्सेकले हरेक वर्ष मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको अभिलेख राख्दै यसलाई नेपाल मानव अधिकार वर्ष पुस्तकमार्फत सार्वजनिक गर्दै आएको छ ।

Photo21032025ChitwanPhoto21032025Chitwan1Photo21032025Chitwan2Photo21032025Chitwan3Photo21032025Chitwan4Photo21032025Chitwan5Photo21032025Chitwan6Photo21032025Chitwan7

अन्य

भिडियो