INSEC Online

📅 २०८३ जेष्ठ २१

कोशी प्रदेशमा खुल्लातर्फ चार सय बढी र नियमिततर्फ ८० हजार बढी परीक्षार्थीले एसइई दिँदै 

न्यूनतम कक्षा आठ उत्तिर्ण गरेका (खुल्ला परीक्षार्थी) सहित कोशी प्रदेशबाट ८० हजार ९ सय ३४ जना परीक्षार्थीले यस वर्षको (कक्षा १० को परीक्षा) एसइई  परीक्षा दिई रहेका छन् ।

आज अर्थात् ०८१ चैत ७ गतेदेखि सुरूआत भएको यस वर्षको एसइई परीक्षामा कोशी प्रदेशमा नियमित ३ सय ९६ जना र ग्रेडवृद्धि ३० जना गरी ४ सय २६ जना खुल्ला परीक्षार्थीले परीक्षा दिई रहेका हुन् ।

कोशी प्रदेशमा ३ सय ७१ ओटा केन्द्रमा परीक्षा भइरहेको छ । यस वर्ष कोशी प्रदेशबाट साधारण धारतर्फ नियमित ६९ हजार ५ सय ६ र ग्रेडवृद्धि ८ हजार ४ सय ५१ गरी ७७ हजार ९ सय ५७, प्राविधिक धारतर्फ नियमित २ हजार १ सय २७ र ग्रेडवृद्धि २ सय ६६ गरी २ हजार ९ सय ७७ र खुल्ला परीक्षार्थी नियमित ३ सय ९६ र ग्रेडवृद्धि ३० गरी ४ सय २६ जना परीक्षार्थीसहित कुल ८० हजार ९ सय ३४ जना परीक्षार्थी परीक्षा दिइरहेको कोशी प्रदेश शिक्षा निर्देशनालय, धनकुटाका निर्देशक कृष्णप्रसाद पोखरेलले बताउनु भयो ।

जारी परीक्षाका लागि कोशी प्रदेशभर १२ हजार ९ सय ४९ जना जनशक्ति परिचालन गरिएको छ । खुल्ला परीक्षार्थी नियतिम विद्यालय नजाने भएकाले उनीहरूलाई खुल्ला परीक्षार्थीको परिचयपत्रका आधारमा परीक्षामा सहभागी गराइएको छ । कोशी प्रदेशमा रहेका १ सय ३७ स्थानीय तहमध्ये विद्यालय नर्सिङ कार्यक्रममा रहेका १ सय ६१ जना नर्सलाई समेत परीक्षामा खटाइएको छ ।

Screenshot_2025-03-20-09-03-56-17_40deb401b9ffe8e1df2f1cc5ba480b12
विराटनगरमा एसइईको परीक्षा दिदैँ एक परीक्षार्थी

ताप्लेजुङ प्रतिनिधि एलिना दियालीका अनुसार यस वर्ष अर्थात् ०८१ सालको एसइइ परीक्षामा जिल्लाबाट २ हजार २ सय ७२ जना परीक्षार्थी सहभागी भएका छन् । १७ ओटा केन्द्रमा १७ जना केन्द्राध्यक्ष, १८ जना सहायक केन्द्राध्यक्ष, १ सय १३ जना निरीक्षक, २१ जना परीक्षा सहायक, ४४ जना सहयोगी गरी २ सय १३ जना र सुरक्षाकर्मी २ सय ५५ जना गरी ४ सय ६८ जना जनशक्ति परिचालन गरिएको छ । जिल्लामा साधारण धारतर्फ नियमित १ हजार ४ सय १५ र ग्रेडवृद्धि ७ सय १० गरी २ हजार १ सय २५, प्राविधिक धारतर्फ नियमित १ सय २२ र ग्रेडवृद्धि २५ गरी १ सय ४७ र खुल्ला परीक्षार्थी नियमित १० र  ग्रेडवृद्धि एक गरी ११ जना परीक्षार्थीसहित कुल २ हजार ३ सय ७२ जना परीक्षार्थीले परीक्षा दिइरहेका छन् ।

सङ्खुवासभा प्रतिनिधि भविन कार्कीका अनुसार यस वर्ष अर्थात् ०८१ सालको एसइइ परीक्षामा जिल्लाबाट ३ हजार १ सय २० जना परीक्षार्थी सहभागी भएका छन् । १७ ओटा केन्द्रमा १७ जना केन्द्राध्यक्ष, २२ जना सहायक केन्द्राध्यक्ष, १ सय ५६ जना निरीक्षक, ३० जना परीक्षा सहायक, ६२ जना सहयोगी गरी २ सय ८८ जना र सुरक्षाकर्मी २ सय ५५ जना गरी ५ सय ४२ जना जनशक्ति परिचालन गरिएको छ । जिल्लामा साधारण धारतर्फ नियमित १ हजार ८ सय ८४ र ग्रेडवृद्धि ७ सय १२, प्राविधिक धारतर्फ नियमित २ सय १४ र ग्रेडवृद्धि १० गरी २ सय २४ र खुल्ला परीक्षार्थी नियमित २७ जना परीक्षार्थीसहित कुल ३ हजार १ सय २० जना परीक्षार्थीले परीक्षा दिइरहेका छन् ।

सोलुखुम्बु प्रतिनिधि अञ्जु कार्कीका अनुसार यस वर्ष अर्थात् ०८१ सालको एसइइ परीक्षामा जिल्लाबाट १ हजार ४ सय ७७ जना परीक्षार्थी सहभागी भएका छन् । १४ ओटा केन्द्रमा १४ जना केन्द्राध्यक्ष, १० जना सहायक केन्द्राध्यक्ष, ८३ जना निरीक्षक, १९ जना परीक्षा सहायक, ३२ जना सहयोगी गरी १ सय ५८ जना र सुरक्षाकर्मी २ सय १० जना गरी ३ सय ६८ जना जनशक्ति परिचालन गरिएको छ । जिल्लामा साधारण धारतर्फ नियमित १ हजार ४ सय ७७ र ग्रेडवृद्धि ८६, प्राविधिक धारतर्फ नियमित ९७ र खुल्ला परीक्षार्थी नियमित ४१ जना र ग्रेडवृद्धि एक जना परीक्षार्थीसहित कुल १ हजार ४ सय ७७ जना परीक्षार्थीले परीक्षा दिइरहेका छन् ।

ओखलढुङ्गा प्रतिनिधि सरस्वती बानियाका अनुसार यस वर्ष अर्थात् ०८१ सालको एसइइ परीक्षामा जिल्लाबाट २ हजार २ सय २० जना परीक्षार्थी सहभागी भएका छन् । १७ ओटा केन्द्रमा १७ जना केन्द्राध्यक्ष, १८ जना सहायक केन्द्राध्यक्ष, १ सय १२ जना निरीक्षक, २३ जना परीक्षा सहायक, ४६ जना सहयोगी गरी २ सय १६ जना र सुरक्षाकर्मी २ सय ५५ जना गरी ४ सय ७१ जना जनशक्ति परिचालन गरिएको छ । जिल्लामा साधारण धारतर्फ नियमित २ हजार ३४ र ग्रेडवृद्धि ७६, प्राविधिक धारतर्फ नियमित १ सय ५ र ग्रेडवृद्धि पाँच, खुल्ला तर्फ नियमित ११ जना जना परीक्षार्थीसहित कुल २ हजार २ सय २० जना परीक्षार्थीले परीक्षा दिइ रहेका छन् ।

खोटाङ प्रतिनिधि तारानाथ फुयलका अनुसार यस वर्ष अर्थात् ०८१ सालको एसइइ परीक्षामा जिल्लाबाट ३ हजार ८ सय ९ जना परीक्षार्थी सहभागी भएका छन् । २५ ओटा केन्द्रमा २५ जना केन्द्राध्यक्ष, २५ जना सहायक केन्द्राध्यक्ष, १ सय ९० जना निरीक्षक, ३९ जना परीक्षा सहायक, ७६ जना सहयोगी गरी ३ सय ५५ जना र सुरक्षाकर्मी ३ सय ७५ जना गरी ७ सय ३० जना जनशक्ति परिचालन गरिएको छ । जिल्लामा साधारण धारतर्फ नियमित ३ हजार ५८ र ग्रेडवृद्धि ५७९, प्राविधिक धारतर्फ नियमित १ सय ७२ र खुल्ला परीक्षार्थी नियमित दुई जना र ग्रेडवृद्धि तीन जना परीक्षार्थीसहित कुल ३ हजार ८ सय ९ जना परीक्षार्थीले परीक्षा दिइ रहेका छन् ।

भोजपुर प्रतिनिधि गणेश विष्टका अनुसार यस वर्ष अर्थात् ०८१ सालको एसइइ परीक्षामा जिल्लाबाट २ हजार ४ सय ९२ जना परीक्षार्थी सहभागी भएका छन् । ११ ओटा केन्द्रमा ११ जना केन्द्राध्यक्ष, १७ जना सहायक केन्द्राध्यक्ष, १ सय २५ जना निरीक्षक, २६ जना परीक्षा सहायक, ५१ जना सहयोगी गरी २ सय ३० जना र सुरक्षाकर्मी १ सय ६५ जना गरी ३ सय ९५ जना जनशक्ति परिचालन गरिएको छ । जिल्लामा साधारण धारतर्फ नियमित १ हजार ९ सय ८४ र ग्रेडवृद्धि ३ सय ६३, प्राविधिक धारतर्फ नियमित १ सय २० र ग्रेडवृद्धि २५ र खुल्ला परीक्षार्थी नियमित ३९ जना र ग्रेडवृद्धि पाँच जना परीक्षार्थीसहित कुल २ हजार ४ सय ९२ जना परीक्षार्थीले परीक्षा दिइरहेका छन् ।

धनकुटा प्रतिनिधि ईश्वर थापाका अनुसार यस वर्ष अर्थात् ०८१ सालको एसइइ परीक्षामा जिल्लाबाट २ हजार २ सय ३५ जना परीक्षार्थी सहभागी भएका छन् । ११ ओटा केन्द्रमा ११ जना केन्द्राध्यक्ष, २० जना सहायक केन्द्राध्यक्ष, १ सय २७ जना निरीक्षक, २५ जना परीक्षा सहायक, ५० जना सहयोगी गरी २ सय ३३ जना र सुरक्षाकर्मी १ सय ६५ जना गरी ३ सय ९८ जना जनशक्ति परिचालन गरिएको छ । जिल्लामा साधारण धारतर्फ नियमित २ हजार १ सय २९ र ग्रेडवृद्धि २ सय ८७, प्राविधिक धारतर्फ नियमित १ सय ४ र ग्रेडवृद्धि १५ र खुल्ला परीक्षार्थी नियमित ११ जना परीक्षार्थीसहित कुल २ हजार २ सय ३५ जना परीक्षार्थीले परीक्षा दिइरहेका छन् ।

तेहृथुम प्रतिनिधि सुरेश खत्रीका अनुसार यस वर्ष अर्थात् ०८१ सालको एसइइ परीक्षामा जिल्लाबाट १ हजार १ सय ९० जना परीक्षार्थी सहभागी भएका छन् । १४ ओटा केन्द्रमा १४ जना केन्द्राध्यक्ष, नौ जना सहायक केन्द्राध्यक्ष, ५८ जना निरीक्षक, ११ जना परीक्षा सहायक, २४ जना सहयोगी गरी १ सय १७ जना र सुरक्षाकर्मी २ सय १० जना गरी ३ सय २७ जना जनशक्ति परिचालन गरिएको छ । जिल्लामा साधारण धारतर्फ नियमित १ हजार १ सय ३३ र ग्रेडवृद्धि ३६, प्राविधिक धारतर्फ नियमित २१ र खुल्ला परीक्षार्थी नियमित चार जना परीक्षार्थीसहित कुल १ हजार १ सय ९० जना परीक्षार्थीले परीक्षा दिइरहेका छन् ।

पाँचथर प्रतिनिधि इवारा जवेगुका अनुसार यस वर्ष अर्थात् ०८१ सालको एसइइ परीक्षामा जिल्लाबाट २ हजार ८ सय ६ जना परीक्षार्थी सहभागी भएका छन् । १९ ओटा केन्द्रमा १९ जना केन्द्राध्यक्ष, १९ जना सहायक केन्द्राध्यक्ष, १ सय ४२ जना निरीक्षक, २९ जना परीक्षा सहायक, ५६ जना सहयोगी गरी २ सय ६५ जना र सुरक्षाकर्मी २ सय ८५ जना गरी ५ सय ५० जना जनशक्ति परिचालन गरिएको छ । जिल्लामा साधारण धारतर्फ नियमित १ हजार १ हजार १ सय ५८ र ग्रेडवृद्धि ४ सय ४९ गरी २ हजार ६ सय ७, प्राविधिक धारतर्फ नियमित १ सय ४८ र ग्रेडवृद्धि ५१ गरी १ सय ९९ र खुल्ला परीक्षार्थी नियमित १० र  ग्रेडवृद्धि चार गरी १४ जना परीक्षार्थीसहित कुल २ हजार ८ सय ६ जना परीक्षार्थीले परीक्षा दिइरहेका छन् ।

इलाम प्रतिनिधि मनोज अधिकारीका अनुसार यस वर्ष अर्थात् ०८१ सालको एसइइ परीक्षामा जिल्लाबाट ४ हजार २ सय ३१ जना परीक्षार्थी सहभागी भएका छन् । २२ ओटा केन्द्रमा २२ जना केन्द्राध्यक्ष, २६ जना सहायक केन्द्राध्यक्ष, २ सय ११ जना निरीक्षक, ४३ जना परीक्षा सहायक, ८३ जना सहयोगी गरी ३ सय ८५ जना र सुरक्षाकर्मी ३ सय ३० जना गरी ७ सय १५ जना जनशक्ति परिचालन गरिएको छ । जिल्लामा साधारण धारतर्फ नियमित ३ हजार २ सय २५ र ग्रेडवृद्धि ७ सय ८९ गरी ४ हजार १४, प्राविधिक धारतर्फ नियमित १ सय ५५ र ग्रेडवृद्धि ६२ गरी २ सय १७ र खुल्ला परीक्षार्थी नियमित १७ र  ग्रेडवृद्धि चार गरी २१ जना परीक्षार्थीसहित कुल ४ हजार २ सय ३१ जना परीक्षार्थीले परीक्षा दिइरहेका छन् ।

झापा प्रतिनिधि नरेश खातीका अनुसार यस वर्ष अर्थात् ०८१ सालको एसइइ परीक्षामा जिल्लाबाट १७ हजार २८ जना परीक्षार्थी सहभागी भएका छन् । ५७ ओटा केन्द्रमा ५७ जना केन्द्राध्यक्ष, १ सय १६ जना सहायक केन्द्राध्यक्ष, ८ सय ५२ जना निरीक्षक, १ सय ६९ जना परीक्षा सहायक, ३ सय ३९ जना सहयोगी गरी १ हजार ५ सय ३३ जना र सुरक्षाकर्मी ८ सय ५५ जना गरी २ हजार ३ सय ८८ जना जनशक्ति परिचालन गरिएको छ । जिल्लामा साधारण धारतर्फ नियमित १४ हजार ९ सय २५ र ग्रेडवृद्धि १ हजार ८ सय ८, प्राविधिक धारतर्फ नियमित २ सय ७६ र ग्रेडवृद्धि १९ गरी २ सय ९५ र खुल्ला परीक्षार्थी नियमित ६४ र  ग्रेडवृद्धि ११ गरी ७५ जना परीक्षार्थीसहित कुल १७ हजार २८ जना परीक्षार्थीले परीक्षा दिइरहेका छन् ।

मोरङ प्रतिनिधि विनोद सुवेदीका अनुसार यस वर्ष अर्थात् ०८१ सालको एसइइ परीक्षामा जिल्लाबाट १८ हजार १ सय ७ जना परीक्षार्थी सहभागी भएका छन् । ७० ओटा केन्द्रमा ७० जना केन्द्राध्यक्ष, १ सय १९ जना सहायक केन्द्राध्यक्ष, ९ सय २ जना निरीक्षक, १ सय ७९ जना परीक्षा सहायक, ३ सय ६२ जना सहयोगी गरी १ हजार ६ सय ३२ जना र सुरक्षाकर्मी १ हजार ५० जना गरी २ हजार ६ सय ८२ जना जनशक्ति परिचालन गरिएको छ । जिल्लामा साधारण धारतर्फ नियमित १६ हजार २ सय १४ र ग्रेडवृद्धि १ हजार २ सय ४२, प्राविधिक धारतर्फ नियमित ६ सय १० र ग्रेडवृद्धि ४१ र खुल्ला परीक्षार्थी नियमित १ सय १३ जना र ग्रेडवृद्धि एक जना परीक्षार्थीसहित कुल १८ हजार १ सय ७ जना परीक्षार्थीले परीक्षा दिइरहेका छन् ।

सुनसरी प्रतिनिधि जयकृष्ण यादवका अनुसार यस वर्ष अर्थात् ०८१ सालको एसइइ परीक्षामा जिल्लाबाट १३ हजार ५ सय ८३ जना परीक्षार्थी सहभागी भएका छन् । ५० ओटा केन्द्रमा ५०जना केन्द्राध्यक्ष, ८९ जना सहायक केन्द्राध्यक्ष, ६ सय ८० जना निरीक्षक, १ सय ३५ जना परीक्षा सहायक, २ सय ७१ जना सहयोगी गरी १ हजार २ सय २५ जना र सुरक्षाकर्मी ७ सय ५० जना गरी १ हजार ९ सय ७५ जना जनशक्ति परिचालन गरिएको छ । जिल्लामा साधारण धारतर्फ नियमित १२ हजार ५ सय ५६ र ग्रेडवृद्धि ५ सय ९७, प्राविधिक धारतर्फ नियमित ४ सय १७ र ग्रेडवृद्धि १३ र खुल्ला परीक्षार्थी नियमित ४ सय ३० जना र ग्रेडवृद्धि ३० जना परीक्षार्थीसहित कुल १३ हजार ५ सय ८३ जना परीक्षार्थीले परीक्षा दिइरहेका छन् ।

उदयपुर प्रतिनिधि राकेश नेपालीका अनुसार यस वर्ष अर्थात् ०८१ सालको एसइइ परीक्षामा जिल्लाबाट ५ हजार ८ सय ८१ जना परीक्षार्थी सहभागी भएका छन् । २७ ओटा केन्द्रमा २७ जना केन्द्राध्यक्ष, ३८ जना सहायक केन्द्राध्यक्ष, २ सय ९३ जना निरीक्षक, ६० जना परीक्षा सहायक, १ सय १७ जना सहयोगी गरी ५ सय ३५ जना र सुरक्षाकर्मी ४ सय ५ जना गरी ९ सय ४० जना जनशक्ति परिचालन गरिएको छ । जिल्लामा साधारण धारतर्फ नियमित ५ हजार १४ र ग्रेडवृद्धि ७ सय १७, प्राविधिक धारतर्फ नियमित १ सय ५० र खुल्ला तर्फ नियमित १७ जना जना परीक्षार्थीसहित कुल ५ हजार ८ सय ८१ जना परीक्षार्थीले परीक्षा दिइ रहेका छन् ।

 

अन्य

भिडियो