सोनमा गाउँपालिका-५ का ३० वर्षीय पत्रकार मन्जित कुमार राम निजका आमा ६८ वर्षीया फुल कुमारी देवि महरा र भाउजु ४० वर्षीया पवन देवि राम माथि ०८१ चैत ३ गते कुटपिट गरेका आरोपितहरूविरुद्ध सोही दिन पीडितले जिल्ला प्रहरी कार्यालय, महोत्तरीमा उजुरी दिनुभएको छ ।
पीडित मन्जित रामले चैत ३ गते आफनै घरमा बसिरहेको अवस्थामा आरोपितहरू सोनमा गाउँपालिका-५ का ६० वर्षीय कुञ्ज बिहारी यादव र उनका तीन जना छोराहरू ४६ वर्षीय राजिब यादव, २५ वर्षीय ओमप्रकाश यादव र २० वर्षीय दिपेश यादवले दुवै हात बाँधेर रोडमा लगेको र त्यहाँबाट घिसार्दै आफ्नो घरमा लगि कुटपिट गरेको बताउनु भयो ।
घटना बारे पीडितका छिमेकीहरूले खबर गरेपछी घटनास्थल पुगेको इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर उत्तम सिंह भण्डारीले जानकारी दिनु भयो । घाइतेहरूको उपचार प्रादेशिक अस्पताल जलेश्वरमा भइरहेको उहाँले बताउनु भयो ।
त्यसैगरी, मन्जित रामका भतिज १७ वर्षीय बालक र आरोपित राजिव यादवका छोरी १६ वर्षीया बालिका प्रेम सम्बन्धमा रहेकोमा ०८१ माघ १४ गते उनीहरू भगेर प्रेम विवाह गरेका थिए । सोही निहुँमा पीडित पक्षलाई आरोतिपत पक्षले तँ दलितको छोराले मेरो छोरी भगाउने भनि गालिगलौज तथा दुर्व्यवहा र कुटपिट गरेको पीडितको आरोप रहेको छ । माघ १५ गते आरोतिपहरूले छोरीको खोज तलासको लागि इलाका प्रहरी कार्यालयमा निवेदन दिएको इन्स्पेक्टर उत्तम सिंह भण्डारीले जनकारी दिनु भयो । प्रहरी र दुवै परिवारको प्रयासमा बालक र बालिका माघ १६ गते चितवनको भरतपुरमा फेला परेकोमा सोही दिन उनीहरूलाई आआफ्नो परिवाको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
दलितले यादवको छोरी भगाएको भन्दै पीडित परिवारलाई गालिगलौज र दुर्व्यवहार गर्नुको साथै धम्कि दिएको कारण माघ १६ गते देखि नै घर गाउँबाट बिस्थापित हुनु परेको पीडित पक्षको भनाइ रहेको छ ।