INSEC Online

📅 २०८३ जेष्ठ २१

मोरङ कारागारका एक थुनुवाको मृत्यु

मोरङ, कारागारमा पुर्पक्षमा रहेका थुनुवा पथरीशनिश्चरे नगरपालिका-४ का ३८ वर्षीय जेठा भनिने जीतबहादुर देवानको चैत २ गते मृत्यु भएको कारागार प्रशासनले जनाएको छ ।

हात गोडा नचल्ने समस्या देखिएपछि उपचारका लागि कोशी अस्पतालमा ०८१ फागुन २९ गते भर्ना गरिएका देवानको उपचारका क्रममा चैत २ गते मृत्यु भएको कारागारका जेलर गौरव ढुङ्गेलले बताउनु भयो ।

अस्पतालको आईसीयूमा राखेर उपचार भइरहेको बेला चैत २ गते देवानको मृत्यु भएको कारागारका जेलर ढुङ्गेलले बताउनु भयो ।

आफ्नै घरमा आगो लगाएको घटनामा देवानलाई प्रहरीले गिरफ्तार गरी आपराधिक उपद्रव मुद्दा चलाएको थियो ।

जिल्ला अदालतका न्यायाधीश अरुणकुमार झाको ०८१ मंसिर २३ गतेको इजलासले देवानसँग धरौटीबापत २५ हजार रुपियाँ माग गर्ने आदेश दिएको थियो ।

अदालतको मागेको धरौटीबापतको रकम बुझाउन नसकेपछि देवानलाई पुर्पक्षका लागि कारागारमा राखिएको थियो ।

मुद्दाको फैसला हुन बाँकी छ । मुद्दा विचाराधीन रहेकै अवस्थामा थुनुवाको मृत्यु भएको हो ।

कारागार प्रशासनले  देवानको परिवार र आफन्त आएपछि चैत ३ गते शव जिम्मा लगाउने जनाएको छ ।

अन्य

भिडियो