INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहारको कसुरमा तीन महिना कैद सजायको फैसला

१३ वर्षीया बालिकालाई ०८० कात्तिक ११ गते बाल यौन दुर्व्यवहार गरेको कसुरमा खैरहनी नगरपालिका–९ का २४ वर्षीय निर्मल ढुङ्गेललाई चितवन जिल्ला अदालतका न्यायधीश रमेश ज्ञवालीको इजलासले फागुन २७ गते ३ महिना कैद, ३० हजार क्षतिपूर्ति र ५० हजार जरिवाना भराउने फैसला गरेको चितवन अदालतका सूचना अधिकारी अमृत विकले बताउनुभयो ।

पीडित पक्षले कात्तिक १२ गते ढुङ्गेलविरुद्ध इलाका प्रहरी कार्यालय खैरहनीमा उजुरी दिएका थिए । कात्तिक १७ गते गिरफ्तार भएका कसुरदार ढुङ्गेले जिल्ला अदालतको मङ्सिर ३ गते आदेशले पूर्पक्षका लागि थुनामा गएका थिए ।

अन्य

भिडियो