INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्रकारमाथि कुटपिट घटनाका आरोपित गिरफ्तार

सिद्धदर्शन दैनिक सुर्खेतमा कार्यरत २१ वर्षीय कुलेन्द्र शाहीलाई ०८१ फागुन २६ गते साँझ वीरेन्द्रनगर नगरपालिका–८ स्थित आन्तरिक राजश्व कार्यालय अगाडि सडकमा कुटपिट गरेको आरोपमा जाजरकोट जिल्लाको छेडागाड नगरापकिा–१ का २३ वर्षीय जगदिश रावत र सोही ठाउँका २६ वर्षीय सन्तोष बुढालाई प्रहरीले फागुन २६ गते गिरफ्तार गरेको छ ।

बाटोमा हिँडिरहेको बेला एक्कासी तीन जनाको समूहले आक्रमण गरेको पीडितको भनाइ छ । आक्रमणबाट पीडितको हात र टाउकोमा चोट लागेको छ । पीडितको स्वास्थ्य उपचार फागुन २६ गते वीरेन्द्रनगर नगरपालिका–१० स्थित कर्णाली प्रदेश स्थित ट्रमा सेन्टरमा भयो ।

घटनामा संलग्न अर्का आरोपित वीरेन्द्रनगर नगरपालिका–११ का २८ वर्षीय विकास खत्री फरार रहेकोले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी विरेन्द्रविर विश्वकर्माले जानकारी दिनुभयो ।

अन्य

भिडियो