INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा सात वर्ष कैद सजायको फैसला

७६ वर्षीया ज्येष्ठ नागरिक महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले बौदिकाली गाउँपालिका–१ का ४१ वर्षीय तिलबहादुर माकिम मगरलाई सात वर्ष कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीस प्रकाश कोइरालाको फागुन १३ गतेको इजलासले कसुर ठहर गर्दै सात वर्ष कैद, ३ लाख रुपियाँ जरिबाना र पीडितलाई २५ हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको अदालतका सूचना अधिकारी सरिता अर्यालले जानकारी दिनुभयो ।

ज्येष्ठ नागरिक महिलालाई ०८० चैत १ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा चैत २ गते उजुरी दिएका थिए । प्रहरीले आरोपितलाई चैत ३ गते उनकै घरबाट गिरफ्तार गरेको थियो ।

अन्य

भिडियो