INSEC Online

📅 २०८३ जेष्ठ २१

‘कथित बोक्सी’ आरोपमा कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी

४६ वर्षीया महिलालाई मलंगवा नगरपालिका-१२ गम्हरीया का ३७ वर्षीय महेश यादव र ३६ वर्षीय दिपेन्द्र कुमार महतोले ‘कथित बोक्सी’ आरोपमा कुटपिट गरेको भन्दै पीडित पक्षले आरोपितहरूविरुद्ध जिल्ला प्रहरी कार्यालय मलंगवामा ०८१ फागुन २५ गते उजुरी दिनुभएको छ ।

पीडित महिलालाई आरोपितहरूले फागुन १७ गते “कथित बोक्सी” आरोपमा गालिगलौज गर्नुका साथै कुटपिट गरेको पीडित पक्षको आरोप रहेको छ ।

पीडित महिलाको स्वास्थ्य उपचार फागुन १७ गतेदेखि १९ गतेसम्म प्रादेशिक अस्पताल मलंगवामा भयो र थप उपचार जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा फागुन २२ गते देखी २३ गतेसम्म भएको पीडित पक्षले बताउनु भयो । घाउजाँच पुनः फागुन २५ गते भयो ।

घटना बारे अनुसन्धान गरी दोषी उपर कानुन बमोजिम कारबाही गर्ने जिल्ला प्रहरी कार्यालय, मलंगवाका डिएसपी सरोज राईले जानकारी दिनुभयो ।

अन्य

भिडियो