INSEC Online

📅 २०८३ जेष्ठ २१

नगरपालिका प्रमुखले आचारसंहिता उल्लङ्घन गरेको वामपन्थी गठबन्धनको आरोप

सितगङ्गा नगरपालिका प्रमुख सुर्यप्रसाद अधिकारीले निर्वाचन आचारसंहिता विपरीत खानेपानी आयोजनाको उद्घाटन गरेको वामपन्थी गठबन्धनले आरोप लगाएको छ ।

नगर प्रमुख अधिकारीले मङ्सिर ११ गते सितगङ्गा नपा-४ खिप्दीमा खानेपानी आयोजनाको उद्घाटन गरी मतदातालाई प्रभावित गर्ने र आचारसंहिता विरूद्ध कार्य गरेको वामपन्थी गठबन्धन चुनाव परिचालन समिति सितगङ्गाका संयोजक बसन्त श्रेष्ठले बताए ।

श्रेष्ठले सो बारेमा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तथा सहायक प्रमुख जिल्ला अधिकारी शङ्कर भुसाललाई मौखिक रूपमा उजुरी गरिएको बताए ।

सो घटनाका बारेमा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तथा सहायक प्रमुख जिल्ला अधिकारी शङ्कर भुसालले मेयर अधिकारीलाई सोधपुछ गर्दा उद्घाटन नभई अनुगमन गरेको भनी आफूलाई प्रतिक्रिया दिएको र आचारसंहिता उल्लङ्घन गरेको पाइएमा कारबाही गरिने बताए ।

अन्य

भिडियो